उम्मेदवार छान्न माओवादी केन्द्र रसुवाले गर्‍यो मतदान


  • दिव्यदर्शन
  • शनिबार, बैशाख १० २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

रसुवा,वैशाख १० । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उनले बताए । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web