कोरोना अपडेट: २४ घण्टामा ११ जनामा कोरोना पुष्टि : ३६ जना डिस्चार्ज


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख ४ । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो। त्यसैगरी ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् भने मृत्यु शून्य छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ छ। 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web