कोरोना अपडेट: थप १२ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त


  • दिव्यदर्शन
  • शनिबार, चैत्र २६ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २६ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप ४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना छ। २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web