मोहन वैद्यको पार्टीमा विद्रोह : २ सयभन्दा बढी नेता-कार्यकर्ता एकीकृत समाजवादीमा समाहित


  • दिव्यदर्शन
  • बिहिबार, चैत्र २४ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, चैत २४- मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरेको एक समुह नै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको हो ।

मोर्चाका अध्यक्ष भण्डारीले मोर्चामार्फत देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको जानकारी दिए ।

बिहीबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराएका हुन् ।

क्रान्तिकारी माओवादीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि बहिष्कारको नीति लिएर यथास्थिति गोल चक्करमा फसेकाले एकीकृत समाजवादी प्रवेश गरीएको अध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web