छत्रदेवमा एमाले नेताहरुले भने,’एमालेलाई हराउने सामर्थ्य गठबन्धनमा छैन’


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

अर्घाखाँची,चैत २३ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले अर्घाखाँचीले पार्टी गतिविधिलाई तिव्र पारेको छ ।जिल्ला ,पालिका,वडा र टोल कमिटीका बैठक सम्पन्न गरि सकेको एमालेका कार्यकर्ता अहिले जिल्ला व्यापी घर दैलो अभियानमा जुटेकाछन् ।

यसैबीच नेकपा एमालेले बुधबार देखि छत्रदेव गाउँ पालिकामा पार्टी कार्यालय स्थापना  गरेको छ । कार्यालयको एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । सबैदल एकजुट भएर आएपनि नेकपा एमालेलाई हराउन नसक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका अर्का केन्द्रीय सदस्य चेतनारायण आचार्यले परमादेश सरकार हरेक क्षेत्रमा असफल सावित भएको बताउनुभयो । देशमा भ्रष्टाचार मौलाएको ,अनियमितता र अस्तिरताले प्रश्रय पाएको ,विकास निर्माण रोकिएको ,महंङ्गी बढेको उहाँको गुनासो थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले सुशासन ,विकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो । उहाँले परमादेश सरकारका कारण जनताले ठुलो सास्ती व्यहोर्नुपर्ने अबस्थाको सिर्जना भएको भन्दै नेकपा एमालेको पक्षमा गोलबन्द हुन जनतालाई आवह्वान गर्नुभयो ।

नेकपा एमाले छत्रदेव गाउँ पालिका कमिटीका अध्यक्ष रामजी प्रसाद पाण्डेको अध्यक्षता ,उपसचिव नरबहादुर आलेको स्वागत मन्तव्य र सचिव तेजप्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरु जनार्दन खनाल ,ध्रुव कुमार पाण्डे ,भविश्वर पाण्डे ,प्रकाश ज्ञवाली ,नेकपा एमालेका जिल्ला उपसचिव शम्भु प्रसाद पोख्रेल ,प्रदेश सल्लाहकार परिषद् सदस्य द्वय हसर्दिन मियाँ ,ऋषिराम अधिकारी ,जिल्ला कमिटी सदस्य दिपक पन्थी ,माध पन्थी ,नेत्र गैरे,भोजराज पाण्डे ,फिरोज खान,प्रकाश पौडेल ,सुमित्रा भुसाल पन्त,मनि शर्मा पन्थी ,रुपा पाण्डे प्रधान ,कृष्ण फुल्लेल,चेतन बि.क.,जिल्ला सल्लाहकार परिषद् उपाध्यक्ष भोजबहादुर रायमाझी , जिल्ला लेखा समिति सदस्य नरबहादुर रायमाझी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको नेकपा एमालेका प्रचार बिभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web