प्रतिकित्ता १ हजारभन्दा तल आयो नबिल बैंकको शेयरमूल्य, एक वर्ष यताकै न्युन विन्दुमा


  • दिव्यदर्शन
  • सोमबार, चैत्र २१ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २१। नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्युन विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबार दिन आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९९७ मा झरेको हो । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ रुपैयाँले कमि आएको हो । सन् २०२१ अप्रिल ४ मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३१६ मा थियो ।

यस बीचमा कम्पनीको उच्च मूल्य प्रतिकित्ता रू. १ हजार ६५३ सम्म पुगेको थियो । प्रतिकित्ता १ हजार ६०० रुपैयाँको वरिपरिमा शेयर खरीद गरेका लगानीकर्ताले भने बोनस शेयर आउँदा पनि आफ्नो लगानी नउठेको बताएका छन् ।

तर कतिपय लगानीकर्ताहरु भने दिर्घकालका लागि यो शेयरमा लगानी गर्दा मुनाफा आर्जन हुने बताउँछन् । त्यसो त गत साताको बुधवार कम्पनीको ४ करोड ६५ लाखभन्दा बढी बोनस शेयर थपिएको छ । यसले बजारमा कम्पनीको शेयर सप्लाई बढी भएको देखाएको छ ।  

 आकर्षक लाभांश वितरण गरेर आफ्ना शेयरधनीहरूलाई मख्ख पार्ने कम्पनीहरूको सूचीमा यो कम्पनी पर्दछ ।कम्पनीले लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिंदै आइरहेको छ । 

कम्पनीले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति  गर्नका लागि गत पुस २९ गते सैद्धान्तिक सहमति गरिसकेको छ ।  नबिल बैंकको चुक्तापूँजी करीब १८ अर्ब ५० करोड र एनबी बैंकको करीब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web