कमिसन बढाउन माग गर्दै व्यवसायीले पट्रोलियम पदार्थ उठाउन छाडे


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र १८ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, चैत १८। कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् ।

सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् । हाल दैनिक १ लाख सिलिन्डर ग्यास, ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web