धादिङबेशी, धादिङ — रिलायन्स फाइनान्स लिमिटेड धादिङद्वारा आयोजित रक्तदान कार्यक्रममा २२ जना महिला र ५४ जना पुरुष गरी जम्मा ७६ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममार्फत संकलित रगत बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजकले धन्यवाद व्यक्त गर्दै रक्तदान जस्तो मानवीय कार्यमा सबैलाई निरन्तर सहभागी हुन आग्रह गरेको छ। रक्तदानले आकस्मिक तथा नियमित उपचारका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

