कालिका लघुवित्त वित्तीय संस्था लि.मुरलीभञ्ज्याङको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • दिव्यदर्शन
  • आइतबार, बैशाख २७ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।

नीलकण्ठ नगरपालिका ८ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड को मुरलीभञ्ज्याङ शाखा कार्यालयको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम कमला कुमालको सभाध्यक्षतामा नीलकण्ठ नगरपालिका–८, मा सम्पन्न भएको हो ।

यस कार्यक्रमको उद्देश्य केन्द्रमा आबद्ध केन्द्र प्रमुख, उपप्रमुख तथा सदस्यहरुलाई संस्थाको सेवा–सुविधाबारे स्पष्ट जानकारी गराउनुका साथै वित्तीय साक्षरतासम्बन्धी विषय तथा अन्य आवश्यक विषयवस्तुका बारेमा जानकारी प्रदान गर्नु रहेको थियो । यस कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका–८ का वडा सदस्य छवि प्रसाद काप्री ले शुभकामना मन्तव्य राख्नुहुँदै आफूले गरेको बचत केमा परिचालन हुँदैछ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले आवश्यक पर्दा मात्र ऋण लिन आग्रह गर्नुभयो । वडा नं। ८ मा सेवा प्रदान गरेकोमा उहाँले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

मुरलीभञ्ज्याङ शाखाका शाखा प्रमुख रन्जु सेढाई थपलिया ले हालसम्म संस्थाको लगानी २ करोड ८६ लाख, बचत १ करोड बराबर रहेको तथा सदस्य संस्था ७२९ जना रहेको जानकारी दिनुभयो । यस मुरलीभञ्ज्याङमा आबद्ध सदस्य केन्द्र नं। ५४००२ की सदस्य रसिना श्रेष्ठका श्रीमान राजकुमार श्रेष्ठको निधन भएकाले १ लाख ७० हजार बराबरको रकम बीमा कम्पनीबाट भुक्तानी गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु खानीखोला शाखाका शाखा प्रमुख धर्मेन्द्र थापा, खानीखोलाका अनुगमा अधिकारी प्रदीप भण्डारी, नीलकण्ठ नगरपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष गुन बहादुर थपलिया, कुमारी बैंक लि.का कर्मचारी वरिष्ठ अधिकारी, ध्यालचोक शाखाका शाखा प्रमुख अप्सरा वि.क., माझिमटार शाखाका शाखा प्रमुख एलिना थापा मगर, लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web