बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको मागसहित कांग्रेस उम्मेदवार धमलाद्वारा पनि हस्ताक्षर


  • दिव्यदर्शन
  • शनिबार, माघ २५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा धादिङ क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेशप्रसाद धमलाले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर अभियानमा सहभागिता जनाउँदै उम्मेदवार धमलाले बुढीगण्डकी जलविद्युत आयोजना लामो समयदेखि अल्झिँदै आएको उल्लेख गर्दै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले आयोजना निर्माणले स्थानीय विकास, रोजगारी सिर्जना तथा राष्ट्रिय ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, सचिव विकास श्रेष्ठ, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहसचिव नवराज तिमिल्सिना, महासमिति सदस्य राजन बुर्लाकोटीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि हस्ताक्षर गर्दै अभियानलाई समर्थन जनाएका थिए ।

आयोजकका अनुसार हस्ताक्षर अभियानमार्फत राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web