नेत्रावती डबजोङ गाउँपालिका ४ मा न्यानो कपडा वितरण, विपन्न समुदायमा राहत


  • दिव्यदर्शन
  • सोमबार, माघ १३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।-नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ मा जेष्ठ नागरिक, एकल महिला, दलित तथा आर्थिक रूपमा विपन्न वर्गका समुदायलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ।जाडोयाममा चिसोबाट राहत दिनका लागि आयोजना गरिएको उक्त कार्यक्रमअन्तर्गत ८० जना लाभग्राहीलाई सिरक वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, वडा नं.४ का कार्यबहाक वडा अध्यक्ष बुद्धराम तामाङ, वडा सदस्यहरू शान्त कुमार श्रेष्ठ, राममाया श्रेष्ठ तथा गाउँपालिकाका कर्मचारीहरूको सक्रिय सहभागितामा लक्षित वर्गलाई सिरक हस्तान्तरण गरिएको हो ।कार्यबहाक वडा अध्यक्ष बुद्धराम तामाङका अनुसार सामाजिक न्याय र समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै जेष्ठ नागरिक, एकल महिला र विपन्न समुदायलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले आगामी दिनमा पनि यस्ता जनमुखी तथा राहत केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले जाडोको समयमा प्राप्त यस सहयोगले आफूहरूलाई राहत पुगेको भन्दै गाउँपालिका र वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन्। यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलिनुका साथै स्थानीय सरकारप्रति जनविश्वास अझ मजबुत बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web