त्रिपुरासुन्दरी गाउँपालिकामा अपाङ्गता कार्ड पुनरावलोकन सुरु


  • दिव्यदर्शन
  • सोमबार, चैत्र २ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ — त्रिपुरासुन्दरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको कार्ड पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै पूर्ण तथा अति अशक्त अपाङ्गता क र ख वर्ग कार्डको पुनरावलोकन गर्न सम्बन्धित वडाका लाभग्राहीलाई उपस्थित हुन अनुरोध गरेको हो।

पालिकाका अनुसार वि.सं. २०८२ मंसिर १५ गतेदेखि २२ गतेसम्म सम्बन्धित वडाको तोकिएको मिति र समयमा वडा कार्यालयमा उपस्थित भएर पुनरावलोकन गरिनेछ। लाभग्राहीले आफूले प्राप्त गरेको अपाङ्गता कार्ड अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने बताइएको छ।

सूचनाअनुसार पुनरावलोकन कार्यक्रम बिहान ७ बजे बाट सुरु हुनेछ। वडा नम्बर अनुसार फरक–फरक मितिमा कार्यक्रम सञ्चालन हुने पालिकाले जनाएको छ।

यसका साथै सम्बन्धित वडाका वडा सचिवहरूलाई पनि अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिइएको छ। गाउँपालिकाले यस प्रक्रियाबाट अपाङ्गता कार्डको अवस्था अद्यावधिक गर्ने र सेवा प्रवाहलाई व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web