गजुरी, धादिङ – गजुरी गाउँपालिकाले आफ्ना केही स्वास्थ्य संस्थामा बहिरंग (ओपीडी) सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।
गाउँपालिकाको कार्यालय गजुरी, धादिङले आज प्रकाशित सूचनामार्फत गजुरी प्राथमिक स्वास्थ्य केन्द्र लगायत केही संस्थाहरूमा बहिरंग सेवा बन्द रहने जानकारी दिएको हो।
सूचनाअनुसार गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, रेडियोलोजी तथा प्रयोगशालामा कार्यरत कर्मचारी र कार्यालय सहयोगीहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिनुपर्ने भएकाले जनशक्तिको अभाव हुने भएको छ। सोही कारणले फागुन १९ गते एक दिनका लागि बहिरंग सेवा बन्द रहने जनाइएको छ।
गाउँपालिकाले बहिरंग सेवा बाहेकका अन्य सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाएको छ। साथै, सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरिएको छ।उक्त सूचना लेखा अधिकृत अमृत प्रसाद पौडेलद्वारा जारी गर्नुभएको हो ।
