धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका–२, धाराधिरीमा यहि फाल्गुन २ गते शनिबार तामाङ समुदायको महान चाड मन्जुश्री संवत् २८६२ तथा त ल्हो(घोडा वर्ग)सोनाम ल्होछारको पावन अवसरमा भव्य बृहत् सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ।
आयोजक ब्राधी युवा समाज ले कार्यक्रममा सहभागी बनी आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण गरौँ भन्ने नारासहित उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा तामाङ समुदायका चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा गायक युबि मङग्रेसा,मोडल तथा गायिका सुनीता वाइबा, गायिका फुलमाया ब्लेन्देन, दुरबे्रभ मम्बा,कान्छा लामा,कलाकार सिसुसा हिन्डुङ लगायतले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। साथै स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा स्थानीय आदरणीय ब्यक्तित्व पुर्व सेमजोङ गा.बि.स.सभापति तथा प्रजातान्त्रिक योद्धा जग बहादुर पाख्रिन रहनु हुनेछ।
कार्यक्रम २०८२ फागुन ०२ गते, बिहान १०ः०० बजे देखि सुरु हुनेछ। कार्यक्रम स्थल नेत्रावती डबजोङ गाउँपालिका–२, धाराधिरी तोकिएको छ। कार्यक्रमलाई नेत्रावती डबजोङ गाउँपालिका वडा नं. २, धादिङले सहयोग गरेको छ।
आयोजकले स्थानीयवासी, तामाङ समुदायका साथै सम्पूर्ण कला–संस्कृति प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, गीत–संगीत र परम्पराको संरक्षणमा हातेमालो गर्न आग्रह गरेको छ।
