धादिङ/-धादिङको नेत्रावती डबजोङ गाउँपालिका १ मार्पाकमा आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ ७ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा ९ स्वर्ण ८ कास्य र ६ रजतसहित निरञ्जना माध्यमिक विद्यालय प्रथम भएको छ । गजुरी ७ स्वर्ण ४ कास्य र ३ रजत सहित मंगलादेबी माध्यमिक विद्यालय द्वितीय र ६ स्वर्ण १२ रजत ५ कास्य सहित कुण्डलादेवी माध्यमिक विद्यालय तृतीय भएको छ ।

प्रतियोगितामा ५ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो ।जनप्रतिनिधिहरुले गाउँपालिकाको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखाले शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ काम गरिरहेको भन्दै खेलाडीहरुलाई अझ अगामी दिनमा गाउँपालिकाका नागरिकहरुको अधिकार र सेवाको लागि अघि बढ्न आग्रह गर्नुभयो । प्रतियोगितामा सफल हुनुभएको विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई खेलकुदमा आगामी वर्ष थप मेहनत गरेर आफ्नो योगदान बढाउन आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा वडा नं १ का अध्यक्ष ठाकुर गुरुङले खेलकुदका माध्यमबाट समाजमा रहेको कुरीतिहरु हटाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
