अचने मा.वि.को ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार आयोजना हुँदै


  • दिव्यदर्शन
  • बिहिबार, माघ ९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–७, खहरेस्थित श्री अचने माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८२ माघ १२ गते आयोजना हुने भएको छ।

विद्यालयको स्थापना भएको ६५ वर्ष पूरा गरेको अवसरमा शैक्षिक उपलब्धि, विद्यार्थी प्रतिभा प्रदर्शन तथा अभिभावक–विद्यालय बीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उपे्रतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देवराज धरेलको बिशिष्ट आतिथ्यता रहनेछ ।

समारोहमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रमा आबद्ध व्यक्तित्व तथा समाजसेवीहरूको उपस्थिति रहने विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक प्रगति, भावी योजना तथा सुधारका विषयमा समेत छलफल गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web