गजुरी गाउँपालिकाको नवनिर्मित भवनको अध्यक्ष श्रेष्ठद्वारा निरीक्षण


  • दिव्यदर्शन
  • सोमबार, पुष २१ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट


धादिङ/-गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको स्थलगत निरीक्षण गर्नुभएको छ। दीर्घकालीन रूपमा स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवनको भौतिक संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ।

निरीक्षणका क्रममा अध्यक्ष श्रेष्ठले बाँकी रहेको भित्री डेकोरेसन तथा आवश्यक पूर्वाधार विकासका कामलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो। उहाँका अनुसार भित्री साजसज्जा तथा आवश्यक सामग्री जडानका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ र प्रक्रिया पूरा भएपछि काम तीव्र रूपमा अगाडि बढाइनेछ।

अध्यक्ष श्रेष्ठले आधुनिक, सुविधासम्पन्न र प्रविधिमैत्री भवनबाट सेवाग्राहीलाई छरितो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयो। नवनिर्मित पालिका भवन सञ्चालनमा आएपछि प्रशासनिक कामकाज व्यवस्थित हुनुका साथै जनताले सम्मानजनक वातावरणमा सेवा लिन पाउने विश्वास लिइएको छ। गजुरी गाउँपालिकाले पूर्वाधार विकाससँगै सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web