स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२ महिला भलिबलको उपाधि धादिङलाई


  • दिव्यदर्शन
  • शनिबार, पुष १२ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ -स्व. मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि धादिङले जितेको छ। धादिङबेसीमा शनिबार सम्पन्न फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै धादिङ च्याम्पियन बनेको हो।

उपाधिसँगै धादिङले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा सिन्धुपाल्चोक दोस्रो, रामेछाप तेस्रो र नुवाकोट सान्त्वना स्थानमा रहे।

प्रतियोगिताका उत्कृष्ट खेलाडी धादिङकी रेविका लामा तामाङ घोषित भइन्। साथै उत्कृष्ट स्पाइकर सलिना गुरुङ, सेटर भावना तामाङ, डिफेन्डर जमुना गुरुङ, सर्भर रामेछापकी एलिसा श्रेष्ठ र उत्कृष्ट कोच धादिङका बिरु लामा बनेका छन्।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका ९ टिम सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web