रुबीभ्याली गाउँपालिकाको नयाँ भवनबाट प्रशासनिक सेवा सुरु,स्थानीयबासीमा उत्साह


  • दिव्यदर्शन
  • शुक्रबार, मंसिर २७ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ— रुबीभ्याली गाउँपालिकाको नव निर्मित कार्यालय भवनबाट आजदेखि प्रशासनिक सेवा औपचारिक रूपमा सुचारु भएको छ। नयाँ भवनमार्फत सेवा सञ्चालन थालेपछि स्थानीयवासी निकै हर्षित देखिएका छन्।

उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नबिन कुमार गोले सहित विभिन्न शाखाका कर्मचारी तथा स्थानीयहरूको सक्रिय उपस्थिति थियो।

नव निर्मित भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ सहज, छरितो र जनमैत्री हुने अपेक्षा गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले आधुनिक संरचना तथा व्यवस्थित कार्य कक्षले प्रशासनिक कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले लामो समयदेखि कुर्दै आएको सुविधा अब आफ्नै गाउँमा सहज रूपमा पाउने भएकाले गाउँपालिकाको यो कदमलाई अत्यन्त सकारात्मक परिवर्तनका रूपमा लिएका छन्।

रुबीभ्याली गाउँपालिकाको यो नयाँ प्रगति ग्रामीण प्रशासनिक सेवाको स्तरोन्नतिप्रति महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web