धादिङ — नेत्रावती गाउँपालिका–१ स्थित थला गाउँमा यही मङ्सिर १७ गते श्री पञ्चकन्यादेवी सप्तकन्या महादेवको दर्शन तथा पूजा–अर्चनाका लागि सम्पूर्ण भक्तजन र महानुभावहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो स्थलमा प्रत्येक वर्षजस्तै यस वर्ष पनि विशेष दर्शन कार्यक्रम आयोजना गर्न लागिएको थला गाउँ सेवा समाजले जानकारी दिएको छ।कार्यक्रमको मुख्य आकर्षणका रूपमा धार्मिक विधि–विधानसहित पूजा, दर्शन तथा स्थानीय संस्कृतिको झल्को दिने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने समाजले जनाएको छ।
यसका साथै भक्तजन तथा आगन्तुकहरूको मनोरञ्जनका लागि प्रसिद्ध कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ। कार्यक्रममा निम्न कलाकारहरूको प्रस्तुति रहनेछःलोक तथा दोहोरीकी चर्चित गायिकाः निर्जला गुरुङ,गायकः सिता राम परियार,गायिकाः सन्जु लामा

आयोजक थला गाउँ सेवा समाजका अनुसार कार्यक्रमले स्थानीय संस्कृति, धार्मिक पर्यटन र सामाजिक एकता प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा दानदातालाई सहभागिताका लागि आग्रह गर्दै समाजले कार्यक्रमलाई सफल पारिदिन अनुरोध गरेको छ।मङ्सिर १७ गते थला गाउँमा हुने यो धार्मिक तथा सांगीतिक कार्यक्रमलाई भक्तजनहरूले विशेष अवसरका रूपमा लिने निश्चित देखिन्छ।
