बक्यौता तिर्न उद्योगहरू सक्रिय, २१ उद्योगले बुझाए पहिलो किस्ता


  • दिव्यदर्शन
  • बिहिबार, कार्तिक २८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं — लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका उद्योगहरूले अन्ततः पहिलो किस्ता बुझाउन थालेका छन्। नेपाल विद्युत प्राधिकरण (नेपा) का अनुसार, लाइन काटिएका २५ मध्ये २१ वटा उद्योगले पहिलो किस्ता तिरेका छन्।

प्राधिकरणका अनुसार ती उद्योगहरूको कुल ४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये हालसम्म १७ करोड ४६ लाख रुपैयाँ पहिलो किस्ताका रूपमा भुक्तानी गरिएको छ।सबैभन्दा धेरै रकम बुझाउनेमा जगदम्बा स्टिल कम्पनी अग्रस्थानमा छ। उक्त कम्पनीले हिजो मात्रै ५ करोड ७२ लाख रुपैयाँ पहिलो किस्ताबापत तिरेको प्राधिकरणले जनाएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतका उद्योगहरूले पनि किस्ता भुक्तानी गरेका छन्।विद्युत महसुल असुलीलाई सहज बनाउन प्राधिकरणले उद्योगहरूलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो। सोही अनुसार बाँकी रकम किस्ताबन्दीमै तिर्ने सहमति उद्योगहरूले जनाएका छन्।प्राधिकरणका प्रवक्ताका अनुसार, “विद्युत महसुल असुलीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उद्योग क्षेत्रसँग निरन्तर समन्वय भइरहेको छ।”प्राधिकरणले बक्यौता असुली अभियानलाई निरन्तरता दिँदै बाँकी उद्योगहरूलाई पनि तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। साथै, आउँदो महिनामा दोस्रो किस्ता बुझाउने तयारी गर्न उद्योगहरूलाई समयसीमा समेत तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web