सोलुखुम्बु, काठमाडौँ — सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर आज बिहान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु थिएनन्। पाइलट सकुशल रहेको र घटनास्थलमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको विस्तृत विवरण र क्षतिको अवस्था बारे थप जानकारी आउन बाँकी छ।
