धादिङमा अधिवक्ता कृष्णराज अधिकारीको जन्मोत्सवमा चेपाङ बालबालिकालाई स्टेशनरी वितरण


  • दिव्यदर्शन
  • मंगलबार, कार्तिक १२ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, – नेपाल बार एसोसिएसन धादिङका पूर्व अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीको जन्मोत्सवको अवसरमा बेनीघाट रोराङ गाउँपालिका–३, माथिल्लो ओर्वाङ भूमिस्थान आधारभूत विद्यालयका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको छ।

सामाजिक उत्तरदायित्व र शिक्षा प्रोत्साहनलाई जोड्दै आयोजित कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष, शिक्षक र कर्मचारीहरूलाई दोसल्ला र मायाको चिनो प्रदान गर्दै विद्यालयलाई खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको थियो।

पूर्ण रूपमा चेपाङ समुदायका बालबालिका अध्ययनरत सो विद्यालयमा कक्षा १ देखि ३ सम्म ३४ जना विद्यार्थी अध्ययनरत छन्। वितरण कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूको उत्साह र शैक्षिक विकासका लागि यस्ता सहयोगात्मक कदमहरू प्रेरणादायी र सकारात्मक उदाहरण भएको बताए।

जन्मोत्सवलाई सामाजिक सेवा र शैक्षिक सन्देशसँग जोड्दै अधिवक्ता अधिकारीले ग्रामीण तथा चेपाङ समुदायका बालबालिकाको उज्ज्वल भविष्यका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले समुदायमा शिक्षा, सहयोग र सामाजिक उत्तरदायित्वप्रतिको जागरण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web