श्रद्धा र भक्तिपूर्वक छठ पर्व सम्पन्न


  • दिव्यदर्शन
  • मंगलबार, कार्तिक १२ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, कात्तिक ११ – सूर्यदेवको आराधना, उपासना र पूजाका रूपमा मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ।

चार दिनसम्म मनाइने यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने धार्मिक परम्परा अनुसार शनिबारदेखि प्रारम्भ भएको थियो। भक्तजनहरूले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेपछि रातभर जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई नदी वा तलाउ किनारमा गाईको दूध, जल र फूलसहित अर्घ्य अर्पण गरेका हुन्।

सूर्यदेव र उषा (अरुणा) देवीको पूजा आराधनासँग सम्बन्धित यो पर्वमा पवित्रता, आत्मसंयम र भक्तिभावका साथ उपवास बस्ने परम्परा रहँदै आएको छ। छठ पर्वलाई सूर्यदेवप्रतिको आस्था, कृतज्ञता र आरोग्यको कामना सहित मनाइने महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मानिन्छ।

यसरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिपूर्वक समापन भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web