धान भिर्त्याउने चटारोमा किसान, धादिङमा पनि खेतबारीमा व्यस्तता


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक ९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

देशभरका किसानहरूजस्तै धादिङका किसानहरू पनि अहिले धान भिर्त्याउने चटारोमा छन्। असोजको अन्तिम हप्तादेखि मंसिरसम्म धान भित्र्याउने समय हुने भएकाले अहिले जिल्लाका अधिकांश गाउँ–टोलमा खेतबारीमा चहलपहल बढेको छ।

यस वर्ष मनसुन बेलैमा सक्रिय नहुँदा धादिङका मध्य र तल्लो भेगका किसानले रोपाईँ केही ढिलो गरेका थिए। अब छिटो पाक्ने जातका धान काटिसकिएको छ भने ढिलो पाक्ने जातका धान भित्र्याउने काम सुरु भएको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार, अहिले देशभर मौसम सफा रहने अनुमान छ। तर, सोमबार बेलुकीदेखि सामान्य बदली हुने सम्भावना रहेको बताइएको छ। उनले भने, “सोमबारपछि मौसम कस्तो हुन्छ भन्नेबारे अध्ययन भइरहेको छ, तर हाललाई किसानले सुरक्षित रूपमा बाली भित्र्याउने मौका पाएका छन्।”

त्यस्तै, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र (नार्क)मौसम विज्ञान विभागले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो कृषि मौसम सल्लाह बुलेटिनमा हप्ताको मध्य र अन्त्यतिर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने उल्लेख गरिएको छ।

बुलेटिनअनुसार आइतवारदेखि बिहीवारसम्म देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले किसानलाई मौसमको अवस्था हेरेर धान भित्र्याउन सल्लाह दिइएको छ।

धादिङका गजुरी, धुनिवेसी, निलकण्ठ, ज्वालामुखी र बेनिघाटका किसानले अहिले धान भित्र्याउने र भकारो भर्ने काम एकैसाथ अघि बढाइरहेका छन्। किसानहरू भन्छन्, “मौसम सफा रहँदा भित्र्याउने काम सजिलो भएको छ, तर पानी परेमा बाली बिग्रिने डर पनि छ।”

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web