बागमती प्रदेशमा मन्त्रालय संख्या घटाइँदै, कांग्रेस–एमाले सहमत


  • दिव्यदर्शन
  • मंगलबार, असोज २८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट घटाएर ७ पुर्‍याउने सहमति सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेले विगतमा पटक–पटक मन्त्रालय विभाजन गर्दै संख्या बढाउँदै लगे पनि अब Ministries संख्या झण्डै आधा घटाउने निर्णयमा पुगेका हुन्।

२०७४ सालमा स्थापना हुँदा बागमती प्रदेश सरकारले ७ वटा मन्त्रालयबाट काम सुरु गरेको थियो। तर २०७८ भदौदेखि मन्त्रालयहरू क्रमशः विभाजन हुँदै गएका थिए। पछिल्लो समय मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या १४ पुगेको छ।

हाल बागमतीमा रहेका मन्त्रालयहरू कृषि तथा पशुपन्छी विकास,आर्थिक मामिला तथा योजना,भौतिक पूर्वाधार विकास,आन्तरिक मामिला तथा कानून,वन तथा वातावरण,खानेपानी, ऊर्जा तथा सिँचाइ,स्वास्थ्य,सामाजिक विकास,श्रम, रोजगार तथा यातायात,सहकारी तथा गरिबी निवारण,युवा तथा खेलकुद,उद्योग, वाणिज्य,भूमि तथा प्रशासन,संस्कृति तथा पर्यटन छन् /

    यी मन्त्रालयहरूलाई गाभेर संख्या ७ मा झार्ने तयारी भएको हो। सत्तारुढ दलहरूका अनुसार मन्त्रालय संख्या घटाइँदा प्रशासनिक खर्च घट्ने, कार्यसम्पादन प्रभावकारी हुने र प्रदेश सरकारको पुनःसंरचना सम्हालिने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट

    सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web