धादिङको पचघरेमा बोलेरो दुर्घटना, ११ जना घाइते


  • दिव्यदर्शन
  • शुक्रबार, असोज १७ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–१३ पचघरेमा बोलेरो गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दार्खाबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो गाडी दामन–पाख्रिन मार्गअन्तर्गत सांकोष पचघरेमा सडकबाट पल्टिँदा दुर्घटना भएको हो। बोलेरोमा १४ जना सवार रहेको जनाइएको छ।

घाइतेमध्ये ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये ६ जनालाई आपत्कालीन कक्ष (इमर्जेन्सी) मा राखेर उपचार भइरहेको अस्पतालका डाक्टर दिनेश रेग्मीले जानकारी दिए। अन्यको अवस्था सामान्य रहेको उनले बताए।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web