२९ भदौ, मार्पाक –
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ निरञ्जना माध्यमिक विद्यालयले ६१औँ बाल दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रममा निरञ्जना जुरेसकी सभापति प्रिन्सिका गुरुङ सभापति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोल बहादुर अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत आयोजित सदनात्मक वक्तृत्वकला प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। उत्कृष्ट प्रस्तुति दिएका विद्यार्थीहरूलाई सम्मानित तथा पुरस्कृत गरिएको छ।कार्यक्रममा प्रथम – प्रनिशा नेपाल (हरियो सदन, कक्षा १०), द्वितीय – करुणा नेपाल (हरियो सदन, कक्षा १२), तृतीय – भूमिका अधिकारी (रातो सदन, कक्षा ११) र शान्त्वना – सुस्मिता अधिकारी (पहेलो सदन, कक्षा १०)भएका छन् ।

विद्यालयले विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई दिएको छ भने कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई आगामी कार्यक्रमहरूमा उत्कृष्ट प्रस्तुति दिन प्रेरित गरेको छ।
कार्यक्रमलाई सफल र सभ्य रूपमा सञ्चालन गर्न सहयोग गर्ने निरञ्जना जुरेस, निर्णयक मण्डल तथा विद्यालय परिवारलाई विद्यालय प्रशासनले धन्यवाद प्रकट गरेको छ।विद्यालयले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू अन्य विद्यार्थी समूहहरूबाट समेत सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।६१औँ बालदिवसको अवसरमा सम्पूर्ण विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूमा विद्यालयले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
