राष्ट्रपतिको उपस्थितीमा जेन्जी प्रतिनिधिसँग प्रधानसेनापतिको वार्ता हुने


  • दिव्यदर्शन
  • बुधबार, भाद्र २५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, नेपाली सेनाले जेनजी समूहसँग वार्ता गर्नका लागि दिउँसो १बजेको समय तोकिएको छ ।रााष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा वार्ता हुने जनाएको छ ।जेनजी समूह भित्र अहिले यस विषयमा गम्भीर छलफल भइरहेको छ। उनीहरूले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्तिहरूलाई प्रतिनिधि बनाउने विषयमा विचार गरिरहेका छन्। यसै क्रममा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र युवा नेता सागर ढकालको नाम पनि छलफलमा रहेका छन्। ढकाल हाल धनगढीमा रहेका छन्।यद्यपि, रास्वपा सांसद सुमना श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजी तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन्।त्यसै गरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको पनि जेनजी तर्फबाट वार्तामा सहभागिता जनाउने विषयमा अनिश्चितता छ। बालेन शाहले संसद विघटनपछि सेना प्रमुखसँग वार्ता गर्नुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।यसबीच, राष्ट्रपतिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए भने, सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोक्न र वार्तामा आउन आग्रह गरेका छन्।नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने तयारी भइरहेको छ,तर वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web