धादिङ —
खनियाबास गाउँपालिका वडा नं. ०१ स्थित वडा कार्यालयमा बुधबारदेखि चार दिनसम्मका लागि राष्ट्रिय परिचयपत्र (National Identity Card) दर्ता कार्यक्रम हुँदैछ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट खटिएको दर्ता अधिकारी सहितको टोलीले दर्ता कार्य सञ्चालन गरिरहेको हो।

वडा सचिव सुजा थापाले वडा नं. ०१ का सबै स्थानीय बासिन्दालाई यो अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले समयमै दर्ता गराई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न जनतालाई अनुरोध गर्नुभएको छ।दर्ता कार्यका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट करण कुमार देव र सरोज कुमार पण्डितको टोली खटिएको जानकारी मनिष तामाङले दिनुभयो।चार दिनसम्म सञ्चालन हुने यो दर्ता कार्यक्रममा आवश्यक कागजातहरू लिएर उपस्थित भइ आफ्नो विवरण दर्ता गराउन स्थानीयबासीलाई आग्रह गरिएको छ।
