चिल्ड्रेनपार्क विद्यालयद्वारा SEE 2081का विद्यार्थीहरूलाई भव्य सम्मान, ४ GPA ल्याउनेलाई नगद पुरस्कार


  • दिव्यदर्शन
  • मंगलबार, असार १७ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–४ मा अवस्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले SEE 2081 मा उतिर्ण विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप एक विशेष सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा ४ GPA ल्याउन सफल प्रिसिला तामाङलाई नगद पुरस्कारद्वारा सम्मान गरिएको छ ।यसका साथै सम्पूर्ण क्भ्भ् परीक्षामा सहभागी सफल विद्यार्थीहरूलाई माला, तस्बिरसहितको आकर्षक फ्रेम प्रदान गरिएको थियो।२०८१ को SEE मा प्रिसिला तामाङले ४ GPA ल्याउन सफलसंगै २० जनाले ३.६ देखि ४ GPA, ३.२० देखि ३.६GPA सम्म २० जना र २.८० देखि ३.२ GPA सम्म ५ जनाले ल्याउन सफल भएको छ ।

विद्यालयले उत्कृष्ट विषय शिक्षकहरूलाई पनि सम्मानपत्रद्वारा सम्मान गर्दै विद्यार्थीको सफलता पछाडि रहेको शिक्षकको भूमिका, परिश्रम र योगदानलाई कदर गरेको छ।यसै गरी २०८१ सम्म लामो समयसम्म सेवा गरी अन्य सेवामा प्रवेश गर्नु भएका २ जना शिक्षक, कर्मचारीलाई समेत बिदाई तथा सम्मान गरिएको छ ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई लक्ष्यप्रति समर्पित हुन, निरन्तर अभ्यास र अनुशासनमा आधारित अध्ययन शैली अपनाउन प्रेरित गरेका छन् ।

अभिभावकहरू र शिक्षकहरूले समेत यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक ऊर्जा, प्रतिस्पर्धा गर्ने भावना र अध्ययनप्रति गम्भीरता थपिने विश्वास व्यक्त गरेका छन् ।विद्यालयका प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठले यस कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयलाई उदाहरणीय भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ ।

यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा मनोबल अभिवृद्धि, सीप र लक्ष्यप्रति प्रतिबद्धता, तथा सामुदायिक सहकार्यको भावना विकास गर्ने देखिन्छ। साथै, उज्वल भविष्यको पथतर्फ विद्यार्थीहरूलाई अघि बढ्न थप उत्प्रेरणा दिन्छ।विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सिकाइलाई सम्मान गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको विद्यालयका प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक, स्थानीय शिक्षाविद् तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web