महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन नेत्रावती डबजोङ १ मा गलैँचा बुनाईसम्बन्धि २ महिने तालिम प्रदान


  • दिव्यदर्शन
  • शुक्रबार, असार १३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं.१ मा गलैँचा बुनाईसम्बन्धि २ महिने तालिम सम्पन्न भएको छ ।बि.स.२०८२ सालको वैशाख १५ गतेदेखि वडा नं १ मार्पाकमा सुरु भएको २ महिने गलैँचा बुनाई तालिम को समापन कार्यक्रममा वडा अध्यक्ष ठाकुर गुरुङको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष सितामाया गुरुङको विशेष आतिथ्य रहेको थियो ।

तालिममा सहभागी महिलाहरूले गलैँचा बुनाईसम्बन्धी व्यवहारिक सीपहरू हासिल गरेका थिए। समापन कार्यक्रममा सहभागीलाई गलैँचा तान सेट समेत हस्तान्तरण गरिएको थियो, जसले उनीहरूलाई सिकेका सीपलाई व्यवहारमा उतार्न थप सहज बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यस तालिमले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।स्थानीय सरकारद्वारा प्रवर्द्धित यस्तो सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web