नेत्रावती डबजोङ गाउँपालिका–१ मा महिलाहरूका लागि मनोसामाजिक परामर्श तालिम


  • दिव्यदर्शन
  • मंगलबार, असार ३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.१ मा महिलाहरूको मानसिक स्वास्थ्य सशक्तीकरण र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले एक दिने वडास्तरीय मनोसामाजिक परामर्श तालिम दिइएको छ । गाउँपालिकाको महिला, बालबालिकासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत आयोजित उक्त तालिममा वडाभित्रको महिलाहरूलाई मानसिक स्वास्थ्यका आधारभूत अवधारणा, मनोसामाजिक समस्याहरूको पहिचान, तनाव व्यवस्थापन, आत्मप्रेरणा, आत्मबल वृद्धि, घरेलु हिंसाबाट आत्मरक्षा, र सामाजिक सम्बन्ध सुधारसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो।कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, विशेष अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत हरिराम गुप्ताको उपस्थिती रहेका थिए भने वडा नं. १ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता ठाकुर गुरुङ, वडा सदस्यहरू, महिला समूहका प्रतिनिधिहरू,स्थानीय अगुवाहरूको पनि उपस्थिति थियो। कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष सीता चोदेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा अतिथिहरुले महिलाहरूको मनोबल अभिवृद्धि बिना समाजको समुचित विकास सम्भव नभएको उल्लेख गर्दै यस्ता तालिमहरूको निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web