नीलकण्ठ १३ का महिलाहरूलाई ब्यूटिसियनसम्बन्धी आधारभूत तालिम-DDTV


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ २८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नं. १३ का महिलाहरूलाई ब्यूटिसियनसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको छ ।नगरपालिकाको आयोजना, बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालय गजुरीको सहकार्यमा तालिम सञ्चालन भएको हो।गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत सञ्चालित ब्यूटिसियन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले नागरिकलाई स्वरोजगारी बनाउने विभिन्न नीतिहरू ल्याएको जानकारी दिनुभयो।

तालिम लिएर व्यवसाय सुरु गर्न चाहनेहरूका लागि नीलकण्ठ नगरपालिकाले २ लाखदेखि १५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो।उहाँका अनुसार २ लाखसम्मको कर्जाको लागि धितो आवश्यक नपर्ने र २ लाखभन्दा बढीको कर्जामा सानोतिनो धितो राखी कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ। पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ४ प्रतिशत व्याजदरमा नगरपालिका र बैंकको सहकार्यमा कर्जा दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै सामाजिक विकास समितिका संयोजक मन्जु थापा मगरले गृहिणी महिलाहरूलाई तालिममार्फत आर्थिक रूपमा सबल बनाउनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो।वडा नं. १३ का वडा सदस्य राम्री नेपालीले तालिमपश्चात महिलाहरूले व्यवसाय सुरु गरी वडाको आशा र उदाहरण बन्ने विश्वास व्यक्त गर्नुभयो।गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको तालिममा १० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web