योजना अनुगमनलाई नेत्रावती डबजोङको तीब्रता, गुणस्तरमा ध्यान दिन उपप्रमुखको सुझाब-DDTV


  • दिव्यदर्शन
  • सोमबार, जेष्ठ २७ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
चालु आ.ब.मा कार्यान्वयन भएका बिभिन्न योजनाहरुको अनुगमनलाई नेत्रावती डबजोङ गाउँपालिकाले तीब्रता दिएको छ ।
निर्माणाधिन अवस्थामा रहेका बिभिन्न भौतिक संरचनाहरुको अनुगमन गर्ने चरणमा आज सोमबार अनुगमन समिती संयोजक एबम् गाउँपालिकाका आदरणीय उप–प्रमुख सितामाया चोदेनले वडा नं.३ र ४को सिमानामा पर्ने पर्यटकीयस्थलको रुपमा निर्माणाधीन बोलिङजो गुम्बा मिनी बुद्ध पार्क तथा भोग्टेनी सडक खण्डमा निर्माण भइरहेको सुरक्षा पर्खालको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा उप–प्रमुख चोदेनले निर्माणको गुणस्तरमा ध्यान दिन, समय सीमाभन्दा अगावै सम्पन्न गर्न र स्थानीय जनताको अपेक्षाअनुसार योजना कार्यान्वयन गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले विकास निर्माणका कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्न सुझाब दिनुभएको छ ।मिनी बुद्ध पार्क स्थानीय धार्मिक पर्यटन प्रवर्दनका लागि महत्वपूर्ण मानिएको र भोग्टेनी सडक सुरक्षा पर्खालले सवारी आवागमनलाई सुरक्षित बनाउने अपेक्षा गरिएको उप–प्रमुख चोदेनले बताउनुभयो ।

स्थानीय बासिन्दाहरूले पनि योजनाको प्रगति र उप–प्रमुखद्वारा गरिएको अनुगमनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।गाउँपालिकाले आगामी दिनमा यस्ता योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालासँग समन्वय गर्दै जाने जनाएको छ ।अनुगमनमा बिभिन्न वडाका वडाध्यक्ष,कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web