धादिङ । थाँक्रे गाउँपालिका वडा नम्बर ७ र ८ जोड्ने पृथ्वीराजमार्गको सोप्याङखोला पुलमा भ्वाङ परेपछि सवारी आवागमन दुवैतर्फी अवरुद्द बनेको छ ।
नँयापुल निर्माण गर्ने कार्य गरिरहेको क्रममा त्यहाँबाट उत्पन्न भाईब्रेसनको कारण पुरानो पुलको वालमा क्षति पुगेकोले काठमाण्डौबाट धार्के हुंदै महादेबवेसी तर्फ आउने र महादेबवेशीबाट काठमाण्डौ तर्फ जाने बाटो पुर्ण अबरुद्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।पुलमा भ्वाङ परेर आवागमन रोकिन गएपछि प्रहरीले साना सवारी साधनलाई पृथ्वीराजामार्गको गल्छीबाट नुवाकोटको बाटो हुँदै काठमाण्डौ र काठमाडौं टोखा नुवाकोट हुँदै गल्छीको बाटो प्रयोग गर्न आग्रह गरेको छ । यसै गरी गजुरी तर्फबाट काठमाण्डौंका लागि आउने ठूला सवारी साधनलाई गल्छीको मास्टारसम्म र काठमाण्डौंबाट बाहिरिने सवारी साधनलाई खानीखोला क्षेत्रमा रोकिन प्रहरीले अनुरोध गरेको छ ।पुल मर्मतको कार्य सुरु भई सकेकाले सुचारु हुनेबितिकै यातायात सेवा नियमित हुने पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
नागढुंगा नौविसे सडक खण्ड दिउँसोको समयमा वन्द गरेर कालोपत्रे गर्ने कार्यभईरहेको र नौविसे हुंदै काठमाण्डौं जाने सवारी साधन धार्के सितापाईला सडकबाट सञ्चालन भईरहेकोमा धार्के भन्दा केही तल रहेको सोप्याङको पुलमा भ्वाङ परेपछि थप समस्या आएको हो ।
