पृथ्वी राजमार्गस्थित धादिङको थाक्रेमा साेप्याङखाेला पुल भत्कियो, दुईतर्फी सवारी अवरुद्ध


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ १४ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ धादिङ पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।

सोप्याङ खोला पुलको भाग धस्सिएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ । काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै नुवाकोटको बाटो पठाइएको छ ।

सोप्याङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको बताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web