थाक्रे ५ मा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत अचार बनाउने तालिम-Divya Darshan TV


  • दिव्यदर्शन
  • आइतबार, जेष्ठ १२ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
थाक्रे गाउँपालिका वडा नं. ५ मा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत ४ दिने अचार बनाउने तालिम आजबाट सुरु गरिएको छ ।वडा कार्यलयको बिनियोजित ८० हजार बजेटबाट वडा नं. ५ का महिलाहरूको लागि व्यवसायिक अचार बनाउने तालिम सुरु गरिएको वडा अध्यक्ष सन्त बहादुर तामाङले बताउनुभयो।आइतबार ११ गते देखी सुरु भएको तालिम १४ गतेसम्म सन्चालन हुने छ। वडाले सन्चालन गरेको उक्त अचार बनाउने तालिममा सहभागी हुन पाउदा खुसी लागेको सहभागीहरुको भनाइ छ।वडा कार्यालयको हलमा सन्चालन भएको तालिमको सहजकर्ता रजनी लामाले पनि आफ्नै ठाउँमा वडाले यस्ता तालीमहरु सन्चालन गरेर आफुलाइ सहज कर्ता बनाइ दिदिबहिनीहरुलाइ आफुले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै वडा कार्यलयलाई धन्यवाद समेत दिनु भयो ।तालिममा आँपको अचार, मिक्स अचार, गोलभेंडाको अचार, खुर्सानीको अचार, करेलाको अचार, कागती लगायतको अचार बनाउन सिकाउने सहजकर्ता एबम् प्रशिक्षक लामाको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web