नेत्रावतीमा सहकारी व्यवस्थापन तथा कोपोमिसससम्बन्धी ३ दिने तालिम आजदेखि सुरु


  • दिव्यदर्शन
  • शुक्रबार, जेष्ठ ३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ। नेत्रावती डबजोङ गाँउपालिकाको आयोजनामा सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई सहकारी व्यवस्थापन र  कोपोमिससम्बन्धी तीन दिवसीय तालिम आजदेखि सुरु भएको छ ।आज शुक्रबार गाँउपालिका क्षेत्र अन्तर्गत रहेका सहकारी संस्थाहरुको तथ्याङलार्ई कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको तालिममा त्यस क्षेत्रका १७ वटा सहकारी संस्थाका २९ जना प्रतिनिधिहरूले सहभागिता जनाएको सहकारी शाखा प्रमुख माधव अधिकारी जानकारी दिनुभयो ।

तालिम कार्यक्रमको उद्घाटनमा बोल्नहुँदै गाउँ पालिकाका अध्यक्ष मेघनाथ रिजालले सहकारी संघ÷संस्थाहरूका सञ्चालक र व्यवस्थापनका पदाधीकारीहरूका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण भएको बताउनु भयो । त्यस्तै प्रशिक्षक सचिन भट्टराईले सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्याङ्क व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको स्पष्ट पार्नुभयो । गाउँ पालिकाका उपाध्यक्ष सिता माया चोदेनले कोपोमिस प्रणालीमा आबद्धताले सहकारी क्षेत्रको गुणात्मक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । तालिमको उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, गाउँपालिकाका प्रवक्ता एबम् वडा नं १ का वडा अध्यक्ष ठाकुर गुरुङ,२ का अध्यक्ष मिन बहादुर तामाङ,३ का वडा अध्यक्ष सुरेश वाइबा,४ का कार्यबाहक अध्यक्ष बुधराम तामाङ, ५ का अध्यक्ष हरि अधिकारी लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानियहरुको उपस्थिति रहेको थियो ।

Oplus_0

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web