गजुरी गाउँपालिकाद्धारा ’द भ्वाइस अफ नेपाल’ का विजेता पाण्डे सम्मानित


  • दिव्यदर्शन
  • सोमबार, बैशाख २९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
गजुरी गाउँपालिकाको आयोजनामा आदर्श माध्यमिक विद्यालय गजुरीमा आयोजित विशेष कार्यक्रममार्फत ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का विजेता गायक प्रोसेस पाण्डेलाई बधाई, शुभकामना तथा सम्मान गरिएको छ।गजुरी गाउँपालिका वडा नं. २ निवासी प्रोसेस पाण्डेले राष्ट्रिय स्तरको सांगीतिक प्रतिस्पर्धा The Voice Of Nepal मा उल्लेखनीय सफलता हासिल गर्दै सम्पूर्ण जिल्लालाई गर्वित बनाएका छन्। सोही उपलब्धिको अवसरमा गजुरी गाउँपालिकाले विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय शालिकराम जम्कटेल, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर (विवेक) थपलिया, सिद्धलेक गाउँपालिका अध्यक्ष पशुराम खतिवडा, गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, प्रोसेस पाण्डेका कोच तथा चर्चित गायक खेम सेञ्चुरी, स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी र स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web