
धादिङ ।
थाक्रे गाउँपालिका वडा नं ९ ले मातातीर्थ औंसीको अवसरमा जेष्ठ नागरिक आमा तथा एकल महिलालाई सम्मान कार्यक्रम गर्ने भएको छ।जेष्ठ तथा एकल महिला राष्ट्रका सान, गरौं सबैले सम्मान भन्ने नाराको साथ् हरेक वर्ष संचालन गर्दै आइरहेको कार्यक्रम यस वर्ष पनि निरन्तरता दिदै उक्त कार्यक्रमको आयोजना गर्न लागिएको थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यले जानकारी दिनुभयो ।कार्यक्रम यहि बैशाख १४ गते आइतबार विहान ११ बजे वडा कार्यालयमा हुने पनि आचार्यले बताउनुभयो।
source:toltolkokhabar