
धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नं.८ मा रहेको कालिका लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुरलीभञ्ज्याङले प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।संस्थामा आवद्ध महिला दिदीबहिनीहरुलाई बित्तियसम्बन्धि साक्षर बनाउन यस किसिमको साक्षरता कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । कालिका लघुबित्त बित्तीय संस्था लि.ले बिभिन्न बिधामा बचतकर्ताहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी एबम् वडा नं.८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठले यो संस्थाले धेरैलाई फाइदा पुगेको बताउनुहुदै कर्जा लिँदा ध्यान दिई आवश्यक काममा मात्र खर्च गर्न सुझाब दिनुभयो ।