नीलकण्ठ बालमन्दिर मा.बि.मा नमूना निर्बाचन-Divya Darshan TV


  • दिव्यदर्शन
  • सोमबार, फाल्गुन १२ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नीलकण्ठ बालमन्दिर माद्यमिक विद्यालयमा कक्षा ११ र १२ को इन्चार्ज र सहइन्चार्ज छनोट गर्न निर्वाचन गरिएको छ ।विद्यालय प्रशासनले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको कक्षा इन्चार्ज चयन गर्नका लागि सोमबार निर्वाचन गरेको हो ।नेपालको संवैधानिक ब्यवस्था र निर्वाचन प्रक्रिया भन्ने पाठको ब्यवहारिक अभ्यासका लागि नमुना निर्वाचन गराइएको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताउनुभयो ।अहिले कक्षा ११ र १२ पढ्ने भाइवहिनीहरु आगामी आम निर्वाचनमा मतदाता बन्ने र उनीहरुलाई मतदान प्रक्रिया कस्तो हुन्छ भन्ने ब्यवहारिक रुपमा बुझाउनको लागि नमुना निर्वाचन कार्यक्रममा सहभागी गराइएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।सोही निर्वाचन कार्यक्रमबाटै कक्षा इन्चार्ज, सहइन्चार्ज तहगत इन्चार्ज छनोट गरिएको थियो ।कुल १२ सय १२ विद्यार्थी रहेको कक्षा ११ र १२ मा ५ सय ९० जना विद्यार्थीहरुले मतदान गरेका थिए ।त्यसबाट कक्षा ११ र १२ को संयुक्त (प्लस टु) इन्चार्जमा किताव चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका सुन्दर तामाङ २ सय ४६ मत ल्याएर निर्वाचित हुनुभयो । सहइन्चार्जमा प्रदीप तामाङ भने निर्विरोध चयन हुनुभएको छ ।त्यस्तै कक्षा ११ मा ३ सय ८ मत खस्दा इन्चार्जमा अस्मिता तामाङले १ सय ८६ मत ल्याएर विजयी हूँदा सह इन्चार्जमा भने रविना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो ।कक्षा १२ को इन्चार्ज बन्नको लागि भने ४ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए । कुल २ सय ८३ मत खसेको कक्षा १२ मा रेडियो चुनाव चिन्ह लिएका निखिल सुनारले ७३ मत ल्याएर विजयी हुनुभयो ।कक्षा १२ कै सहइन्चार्जमा भने मोवाइल चुनाव चिन्हकी निरुता गुरुङले १ सय मत ल्याएर विजयी हुनुभएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web