एड्भान्स एकेडेमीमा १८ औं बृहत् खेलकुद उत्सव उद्घाटन-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, माघ २४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
एड्भान्स एकेडेमीमा १८ औं बृहत् खेलकुद उत्सव आज उद्घाटन गरिएको छ । नीलकण्ठ नगरपालिका वडा नं.३ पुछारबजारमा अवस्थित एड्भान्स एकेडेमीको प्राङ्गणमा नानीबाबुहरुलाई स्वाभिमानी असल नागरिक बन्छु भन्न सिकाउनु पर्ने र आफ्नो स्थापना कालदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्दै आएको एड्भान्स एकेडेमीले खेलकुद र नृत्यमा जिल्ला कै शानका रुपमा आफूलाई राख्न सफल भएकोमा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले उद्घाटन गर्नुभएको हो ।एड्भान्स एकेडेमी सन्चालक समितीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खा्लिको सभापतित्वमा सम्पन्न भएको उदघाटन कार्यक्रमका विशेष अथिति जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले विद्यालय स्तरमा खेलकुदको विकास भए मात्रै खेलाडीहरु उत्पादन गर्न सकिने बताएका छन् । स्थानीय सरकार र विद्यालयहरु अझै खेलकुदले पढाई विग्रन्छ भन्ने मानसिकतामा छन् । यो हैन खेलकुदले पढाईलाई झनै सहज बनाउँछ । विद्यालय तहमा खेलकुदको विकास हुन जरुरी रहेको बताउँदै एड्भान्स एकेडेमीले तेक्वान्दोलाई आफ्नो छुट्टै पाठ्यपुस्तक बनाएर अध्यापन गराउने गरेकोमा धन्यवाद दिएका थिए ।खेलकुदले विद्यार्थीको पढाई बिग्रन्छ भन्नेहरुलाई एड्भान्स एकेडेमीले राम्रो पाठ सिकाएको र खेलकुदका माध्यमबाट एड्भान्सले शिक्षण विधिमा परिवर्तन समेत ल्याएको एड्भास एकेडेमीले खेलकुदमा छुट्टै परिचय बनाएको दावी गदै नृत्यमा समेत दुई दुई पटक प्रदेश विजेता र केन्द्रिय प्रतियोगितामा एक पटक द्वितिय भएकोमा शिक्षक तथा अभिभावकहरुलाई समेत धन्यावाद दिए कार्यक्रमका अध्यक्ष एवम् एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार प्ले ग्रुप देखि कक्षा १२ सम्मका खेलाडी विद्यार्थीहरु सहभागी हुने यस खेल उत्सवमा सदनगत तथा कक्षागत रुपमा भलिबल, कपर्दी, फुटबल, बास्केट्बल, एथ्लिष्टिक, डोरि तान , टेवल टेनिस लगायत खेलहरू सञ्चालन हुने ३५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web