नेशनल प्याब्सन धादिङको अध्यक्षमा प्रयास रेग्मी-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, माघ ५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नेशनल प्याब्सन धादिङको अध्यक्षमा न्यु किबो बोडिङ स्कुलका प्रद्यानाध्यापक प्रयास रेग्मी चयन हुनुभएको छ । आज शनिबार सम्पन्न नेशनल प्याब्सन धादिङको आठौ अधिबेशनबाट रेग्मी सर्वसहमत रुपमा अध्यक्ष हुनुभएको हो ।त्यस्तै समितिको उपाध्यक्षमा अभिषेक बसौला, सचीवमा विजय खतिवडा, कोषाध्यक्षमा सिताराम महत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी, विशाल श्रेष्ठ रहनु भएको छ ।नेशनल प्याब्सन धादिङको अध्यक्ष ईश्वरि प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।नवनिर्वाचित अध्यक्ष रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षकहरुको पेशागत क्षमता अभिबृद्धि तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा आफु लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web