धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रामकुमार डल्लाकोटी र बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, पुष २७ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
धादिङ उद्योग वाणिज्य संघको ३१ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबारदेखी सुरु भएको अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको हो ।संघको अध्यक्षमा रामकुमार डल्लाकोटी बिधानत सर्वसम्मत चयन हुनुभएको छ ।संघले विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष आगामी अधिवेशनमा स्वतः अध्यक्ष बन्ने ब्यवस्था गरेको थियो ।सोही बिधान अनुसार डल्लाकोटी अध्यक्ष हुनुभएको हो।यस्तै बरिष्ठ उपाध्यक्ष पदमा उम्मेवार दिनुभएका सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिदै सोहि पदका उम्मेद्वार रोहित भण्डारीलाई समर्थन गरेपछि नेतृत्व सर्वसहमत टुङगीएको छ।अधिवेशनबाट एसोसियट सदस्यमा बलराम खत्रि, तिलक सिंम्खडा, बस्तुगत सदस्यमा रामचन्द्र गिरी,बिष्णुमणी श्रेष्ठ, उद्योग सदस्यमा गोविन्द भण्डारी, राजकुमार श्रेष्ठ, बाणिज्य सदस्यमा रामजी अधिकारी, सुदिप रसाईली, महिला सदस्यमा ज्ञानु थपलिया,रेखा पण्डित अधिकारी, शुशिला मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।त्यसैगरी खुल्ला सदस्यमा किशोर कोईराला,किरण पाठक,रमेश ढकाल,नविन कुमार श्रेष्ठ,तुलसीजंग थापा,भगवान भट्ट,तुलसी प्रसाद अधिकारी,ईश्वरी प्रसाद धिताल र होमनाथ थपलिया निर्वीरोध निर्वाचित हुनुभएको छ ।त्यस्तै उत्तरी क्षेत्रिय समितिको अध्यक्षमा संञ्जु श्रेष्ठ निर्वीरोध निर्वाचित हुनुभएको छ ।उत्तरी क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको प्रतिनिधिको लागी सरोज बढाथोकी निर्वीरोध निर्वाचित हुनुभएको छ । उत्तरी क्षेत्रिय समितिको सदस्यहरुमा भने कसैको पनि उम्मेद्वारी नै नपरेको बताईएको छ ।मध्य क्षेत्रिय समितिको अध्यक्षमा नानिराम श्रेष्ठ निर्वीरोध निर्वाचित हुनुभएको छ । मध्य क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको लागी प्रतिनिधिमा तिलक प्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ ।मध्य क्षेत्रिय समितिका सदस्यहरुमा सन्तोष अधिकारी,किरण कुमार श्रेष्ठ,दान बहादुर श्रेष्ठ,रमेश कुमार श्रेष्ठ, केशवराज शर्मा, जयराम कोईराला निर्वीरोध निर्वाचित हुनुभएको छ ।दक्षिणी क्षेत्रिय समितिको अध्यक्षमा उमेश रुवाली निर्वीरोध निर्वाचित हुनुभएको छ । दक्षिणी क्षेत्रिय समिति बाट जिल्ला कार्य समितिको लागी प्रतिनिधिमा रमेश बिश्वकर्मा, निर्वाचित हुनुभएको छ ।दक्षिणी क्षेत्रिय समितिको सदस्यहरुमा जगत प्रसाद रेग्मी, झलक बहादुर बरुवाल,बिष्णुलाल श्रेष्ठ निर्वीरोध निर्वाचित हुनुभएको छ ।संघको विधान बमोजिम ३३ सदस्यीय कार्यसमितिमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहने व्यवस्था छ ।विधानमा व्यवस्था भएअनुरुप हाल सदस्यमा निर्वाचितहरुबाटै अध्यक्षले पदाधिकारी मनोनित गर्नेछ ।उद्योग बाणिज्य संघको विधानमा बरिष्ठ उपाध्यक्ष र अरु सवै सदस्य पदमा निर्वाचित हुने ब्यवस्था रहेको छ ।निर्वाचन पछिको कार्यसमितिको पुर्ण बैठकले पदाधिकारी चयन गर्ने ब्यवस्था रहेको छ।

Source: Bagmatikalam.com

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web