प्रेस सेन्टर नेपाल धादिङको अध्यक्षमा निर तामाङ-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, पुष २७ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
प्रेस सेन्टर नेपाल धादिङको अध्यक्षमा निर तामाङ चयन हुनुभएको छ ।नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको चौथो जिल्ला सम्मेलनले रेडियो बिहानीका स्टेशन म्यानेजर एबम् तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।कार्यसमितिको खुल्ला उपाध्यक्षमा सन्दिप स्याम्चेन, महिला उपाध्यक्षमा दीपा लम्साल, सचिवमा विक्रम अधिकारी, खुल्ला सह–सचिवमा सन्तोष परियार, समावेसी सह–सचिवमा प्रेम नेपाली, कोषाध्यक्षमा गजेन्द्र गुरुङ चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा रचना श्रेष्ठ, रविना विक, दिनेश लाल श्रेष्ठ र सन्तोष सुवेदी चयन हुनुभएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित नीलकण्ठ पार्कमा भएको चौथो सम्मेलनमा प्रेस सेन्टरका निर्वतमान अध्यक्ष राजन अधिकारीको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद सापकोटा(जुगल)को प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web