धादिङ ।
श्री स्थानपती कृषि तथा पशुपालन सहकारी सस्था लिमिटेड धादिङ सेवा केन्द्रको तेस्रो साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष श्री दिपक इटनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य गोपाल बिश्वकर्मा ,निलकण्ठ नगरपालीका सल्लाहकार दिपक कोइराला,ज्वालामुखी गाँउपालीका सदस्य कुमार बिश्वकर्मा ,स्वतन्त्र विद्यार्थी युनियन धादिङका सचिब राजन अधिकारी , सामाजीक व्यक्तित्वहरू सहकारी बित्तिय संस्थाका प्रतिनिधिहरू आदिको आतिथ्यता रहेको थियो । सुबास रिजालबाट संचालित कार्यक्रममा १२५० जना सदस्यहरू भेला हुनुभएको थियो ।