थाक्रेमा नागरिकको सेवामा लक्षित घुम्ती शिविर सुरु,पौष १६ गतेसम्म चल्ने


  • दिव्यदर्शन
  • शुक्रबार, पुष १२ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ।
धादिङको थाक्रे गाउँपालिकामा घुम्ती शिविर सुरु भएको छ । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविर यहि पौष १६ गते सम्म सञ्चालन हुने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँले शिविर अवधीभर विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिने बताउनुभएको छ ।वडा नम्बर १ र २ का वडालाई लक्षित गरेर बिहिबार भएको शिविरमा १८७ जनाले सेवा लिनुभएको प्रमुख प्रशासकिय अधिकृत केसीको भनाई छ । उहाँका अनुसार पञ्जिकरण, राजश्व, योजना, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषी विकास, पशु सेवा, स्वास्थ्य, प्रधानमन्त्री रोजगार र सामी परियोजना अन्तर्गतका विभिन्न सेवाहरु नागरिकलाई प्रदान गरिने छ ।

Source:thakre municipality & nagarikpati.com

घुम्ति शिविरको तालिका यस्तो छ:

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web