दोस्रो सल्यानटार महोत्सवमा आज ज्योति मगर आउँदै,भोलि समापन हुने-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, मंसिर १४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला जारी रहेको छ। मेलाको आज दशौँ दिन शुक्रबारसम्म हजारौ दर्शकले अवलोकन गरेका आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।आज पनि विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाएको छ। उहाँका अनुसार आज गायिका ज्योति मगर, गायक सुरेश बाँनिया, गायक रवि रिमाल, गायक सुरेश बिसी अन्जान, उद्घोषक अर्जुन कँडेल, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने छ।भोलि समापनको दिन १५ गते शनिबार भने गायक रमेश राज भट्राई, गायिक संगम लामिछाने, शोभा श्रेष्ठ, गायक सुरेश बिसी अन्जान, मोडल आरती आले मगर उद्घोषक अर्जुन कँडेल, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने श्रेष्ठले जानकारी दिनुभयो।हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुु¥याऔंं भन्ने मूल मर्मका साथ ५ गते बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पु¥याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको सहकारीका अध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web